टेबलटेनिस टोली ओमान जाँदै

विश्व भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आइतबार ओमानको मस्कट प्रस्थान गर्दैछ ।
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा संजय अर्याल, प्रकाशबहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा अनिता महर्जन रहेकी छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309