टेबलटेनिस टोली श्रीलंका जाँदै
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले श्रीलंकाको क्यान्डीमा जेठ १३ देखि १६ गतेसम्म हुने दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्नु भयो ।
खेलाडी
यु–१९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र रुविन महर्जन तथा गल्र्समा वियंका राई, इभाना थापा मगर र योङगी पौडेल ।
यु–१५ को ब्वाइजमा जयस्नु महर्जन, रिजन शाक्य र सुविन क्षेत्री तथा गल्र्समा शुभश्री श्रेष्ठ, सुरम्य शाक्य र महिमा महता ।
प्रशिक्षकमा सन्जिव ढुंगेल, व्यवस्थापकमा सिक्का सुवाल श्रेष्ठ तथा एटीटीयु कम्पिटिसन म्यानेजर तेजेन्द्रसिंह महरा ।
फेसबुक प्रतिक्रिया