Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

टेबलटेनिस पदक विजेतालाई सदस्य–सचिवको बधाई

काठमाडौं, जेठ २१ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ ज्युले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाई दिनु भएको छ। त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा खेलाडीसंगको भेटमा सदस्य–सचिव ज्युले सफलताको प्रशंसा गर्दै बधाई दिनु भएको हो।
सदस्य–सचिव घिसिङले टेबलटेनिसले छनोट चरण पार्दै पेरिस ओलम्पिकमा सहभागिता सुनिश्चित गरिसकेको अवस्थामा अबका जुनियर खेलाडीलाई त्यो विरासत कायम गर्ने गरी खेलमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । वहाँले खेलाडीलाई आगामी प्रतियोगिताको तयारीमा केन्द्रीत हुन सुझाव समेत दिनु भएको छ।
टोलीका प्रशिक्षक सन्जिव ढुंगेलले खेलाडीले सोचे भन्दा राम्रो प्रदर्शन गरेको बताउदै खेलाडीको नतिजाबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
टोलीकी व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्दै राम्रो नतिजा हात पारेको बताउदै सहभागिताका लागि सहयोग गरेकोमा राखेप र सदस्य–सचिव घिसिङलाई धन्यवाद दिइन् ।
टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले सदस्य–सचिवकै सहयोगका कारण टिम सहभागी हुन पाएको स्मरण गरे ।
पदक विजेता खेलाडीले प्रतियोगिताबाट अनुभव बटुल्ने अवसर पाएको बताउदै आफ्नो कमीकमजोरी थाहा पाउने अवसर पनि मिलेको बताए ।
श्रीलंकाको क्यान्डीमा जेठ १३ देखि १६ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र ५ कांस्य जितेको थियो ।
यु–१९ गल्र्स डबल्समा इभाना थापा मगर र बियङ्का राईले रजत जिते । यु–१९ टिम इभेन्टको ब्वाइजमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा गल्र्समा बियङ्का राई, इभाना थापा र योङगी पौडेलले कांस्य हात पारे ।
गल्र्स यु–१५ को सिंगल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कांस्य प्राप्त गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464