ट्राइयाथलन खेलाडी मलेसिया प्रस्थान

मित्र राष्ट्र मलेसियाको तान्जुङ्ग मालिम शहरमा आयोजना हुने क्वालालम्पुर एएसटिसी ट्यालेन्ट आईडेन्टिफिकेसन क्याम्पमा सहभागी हुन तीन खेलाडी र एक प्रशिक्षक गरि ४ सदस्यीय टोली मलेसिया प्रस्थान गरेका छन् ।
सहभागी हुन जाने खेलाडीहरुमा दक्षिण एशियाली रजत पदकधारी रोजा के.सी., नितेश मानन्धर र देवेश मानन्धर तथा प्रशिक्षकमा आनन्द लेप्चा रहेका छन् ।
नेपाल सहित १२ राष्ट्रका ५२ जनाको सहभागिता रहने क्याम्प फागुन २ देखि ८ गते सम्म संचालन हुने नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309