ट्राईयाथलनले एशियन गेम्सका लागि चार खेलाडी छान्यो

नेपाल ट्राईयाथलन संघले चीनको हाङ्गझाउमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट गरेको छ ।
बिहिबार सातदोवाटोमा भएको छनोट प्रतियोगिताबाट २ पुरुष र २ महिला खेलाडीको छनोट गरिएको हो । छनोट हुन सफल खेलाडीहरुमा पुरुष तर्फ बशन्त थारु र मौलिक महर्जन तथा महिला तर्फ श्रेवी महर्जन र युस्का महर्जन रहेका छन् । थारु १३ औं दक्षिण एशियाली खेलकुदका पदकधारी हुन् । श्रेवी दक्षिण एशियाली च्याम्पियनसिपको सिनियर तर्फ कास्य र जुनियर तर्फ रजत पदकधारी हुन् भने मौलिक नवौं राष्ट्रिय खेलकुदका कास्य पदकधारी हुन् । प्रशिक्षणमा रहेका ७ पुरुष र ४ महिला खेलाडीबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट गरिएको संघले जनाएको छ ।
एशियन गेम्समा नेपाली टोलीले मिक्स टिम इभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309