ट्रायथलन टोली जापान जाने

एसियाली ट्रायथलन यु–२३ तथा जुनियर च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापानको गामागोरी प्रस्थान गर्दै छ ।
जुन २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष तथा १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा मौलिक महर्जनले यु–२३ तथा येजु महर्जनले जुनियरमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा श्रेबी महर्जनले जुनियरमा खेल्ने छिन् ।
मौलिक र श्रेबी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । खेलाडीले ७ सय ५० मिटर स्विमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ गर्नु पर्ने छ ।
अफिसियलमा ज्ञानकृष्ण प्रजापति छन् । नेपाल ट्रायथलन संघका सदस्य मिकेन महर्जन पनि एसियाली ट्रायथलनको कोंग्रेसमा सहभागी हुन टोलीसंगै जापान जाँदै छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373