डबल्स उपाधि भारतीय खेलाडीलाई

नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को डबल्स उपाधि भारतीय खेलाडीले शुक्रबार कब्जा गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्स फाइनलमा भारतका आदित्य ऐयर र पीयुष सुरेन्द्र सलेकरको जोडीले सर्किट– १ का विजेता आफ्नै राष्ट्रका गुन्जन जाधव र अथर्व शर्माको जोडीलाई ७–६(१३) र ७–५ को सेटमा पराजित गरे ।
महिला डबल्सको उपाधि भिडन्तमा भारतीय जोडी वैदेही चौधरी र शिभानी स्वरुप इङलेले प्रतिद्वन्द्वी चिनियाँ जोडी युजिआओ छे र जिङयी वाङलाई ६–३ र ६–३ को सोझो सेटमा हराए । डबल्सका विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
महिला सिंगल्समा पनि वैदेही उपाधिनजिक पुगेकी छिन् । सर्किट– १ की विजेता वैदेहीले चीनकी मिङक्यु याङलाई ६–४, ४–६ र ६–१ को सेटमा पाखा लगाउदै आफ्नै डबल्स पार्टनर शिभानीसंग फाइनल भेट पक्का गरिन् । अर्को सेमिफाइनलमा शिभानीले चीनकी युजिआओ छेमाथि ६–३ र ६–३ को जित निकालिन् ।
पुरुष सिंगल्समा सर्किट– १ का विजेता भारतका मृत्युञ्जय बदोला र चीनका पेनग्यु लु उपाधिका लागि भिड्ने छन् । मृत्युञ्जयले भारतका तीर्थ शशांक मार्चेलालाई ५–७, ६–२ र ६–४ तथा पुनग्यु लुले भारतकै आर्यन जाभेरीलाई ७–६(५) र ६–३ ले पाखा लगाए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373