डार्टमा रिजाल निर्विरोध

नेपाल डार्ट संघको साधारणसभाले चन्द्रप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा महेश्वर दाहाल र कर्मा गुरुङ, महासचिवमा सुदर्शन जमकट्टेल, सचिवमा सिर्जना परियार तथा कोषाध्यक्षमा पप्पु विष्ट रहेका छन् । सुरेश केसी, महेशकुमार श्रेष्ठ, प्रकाशकुमार श्रेष्ठ, निर्मल गौतम तथा रजनी कक्षपति सदस्यमा चयन भए ।
साधारणसभाको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे भने नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।
साधारणसभामा केन्द्र र जिल्लाका गरी जम्मा ४५ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत ओम न्यौपानेले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373