ढुंगानाद्वारा पदवहाली

राष्ट्रिय खेलकुद परिषद्को महत्वपूर्ण मानिने अंग प्रशासन विभागको प्रमुखको जिम्मेवारी सुरेश ढुंगानालाई सुम्पिएको छ ।
माघ २६ गतेको निर्णयानुसार ढुंगानालाई प्रमुखको जिम्मेवारी दिइएको हो । उनले सोमबार पदवहाली गरेका छन् । उनीअघि मधुसुदन बस्नेत उक्त जिम्मेवारीमा थिए ।
ढुंगानासंग प्रशासन शाखा, परिषद्को सचिवालय, पौडी शाखा, सामान्य प्रशासन शाखा, आपूर्ति तथा भण्डार शाखालगायतमा काम गरेको अनुभव छ ।
पदवहालीपछि ढुंगानाले आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारी र कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309