ढुक्क भएर तयारीमा जुट्नुस– सदस्य–सचिव

काठमाडौं, असार ६ गते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रीत हुन बताएका छन् ।


सातदोबाटोस्थित तेक्वान्दो, कराते र कुस्तीको बुधबार तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘तपाईहरु ढुक्क भएर तालिममा केन्द्रीत हुनुस । अन्य समस्याका बारेमा तपाईहरुले चिन्ता लिनु पर्दैन । समस्या समाधान गर्न हामी छौं ।’ सदस्य–सचिव घिसिङले भने ।
प्रशिक्षण अवलोकनका क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373