Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

तीन विभागीय र गण्डकी पुरुष भलिबलको सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबार भएको क्वार्टरफाइनलमा खेलमा विभागीय टिम हाबी हुँदा गण्डकी बाहेकका प्रदेशका टिम प्रतियोगिताबाट बाहिरिए । पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हराएर सेमिफाइनल यात्रा तय ग¥यो । दोस्रो खेलमा त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाई ३–० कै सेटमा पाखा लगायो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले जित्यो ।
तेस्रो क्वार्टरफाइनल खेलमा अर्को विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२३ ले ल्याउँदा दोस्रो सेटमा एपीएफलाई हम्मेहम्मे प¥यो । दोस्रो सेटको सुरुवातमा आफ्ना दुई खेलाडी चोटग्रस्त बनेपछि एपीएफलाई चुनौती थपियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले २८–२६ को सफलता पायो । एपीएफले तेस्रो सेट २३–२५ ले गुमायो । लयमा देखिएको लुम्बिनीको पक्षमा दर्शकको समर्थन हुँदाहुँदै चौंथो सेटमा भने फितलो प्रदर्शन ग¥यो । फलस्वरुप एपीएफ २५–१७ ले लुम्बिनीमाथि हाबी भयो ।
घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको गण्डकीले अन्तिम क्वार्टरफाइनल खेलमा प्रदेश १ लाई सोझो सेटमै पन्छायो । गण्डकीले २५–२०, २५–२१ र २५–१३ ले प्रदेश १ लाई हराउँदा दर्शकले खुसी मनाए ।
प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल पुलिस र त्रिभुवन आर्मीबीच हुने छ । अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्ने छन् । फाइनल बिहीबार हुने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464