तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ ।


तीनदिन सम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्षमा सहभागि प्रशिक्षकहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे । सेमिनार तथा कोर्षमा उपत्यका तथा विभिन्न जिल्लाका गरि करिव १ सय ३५ जनाको सहभागिता रहेको थियो ।
सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै सदस्य सचिव घिसिङले एकै प्रकृतीका खेल रहेर पनि विगतमा किन दुई संघ हुनु परेको हो त्यसको जवाफ संघमा रहेका नेतृत्वले दिनु पर्ने भन्दै विभिन्न कारणले बनेका दुई संघलाई एक हुन सुझाव दिंदै आफ्नो कार्यकालमा अनावश्यक संघहरुको अस्तित्व नरहने बताए ।
कार्यक्रममा अतिथीको रुपमा सहभागी रहेका परिषद्का सदस्य एवं नेपाल आईटिएफका अध्यक्ष अञ्जन धमलाले विश्वमानै तेक्वान्दो संघ एकिकरणको अभियानमा रहेको भन्दै नेपालमा अस्तित्वमा रहेका तेक्वान्दो संघलाई पनि एकिकृत गर्नु पर्ने र त्यसका लागि परिषद् अगाडी बढिसकेको र सदस्य सचिवले यस कार्यलाई पूर्णता प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताए ।
संघका महासचिव राजकुमार कार्कीले विगतमा तेक्वान्दो खेलमा देखिएको विकृतीहरु यस पटकको नवौ राष्ट्रिय खेलकुदका दौरान नहोस भन्दै यस सेमिनार र कोर्सले त्यसलाई समाधान गर्ने विश्वास रहेको बताए ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा उक्त कार्यक्रम भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेश प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373