Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

तेक्वान्दोको स्वर्ण पदकमा विभागीय टिमको बर्चश्व

विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी र नेपाली सेनाले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दाका पदकमा बचश्व कायम गरेका छन् ।

तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई÷दुई वटा स्वर्ण पदक थपे । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल प्रहरी क्लवले आठ वटा स्वर्ण स्वर्ण पदक जितेको छ । हालसम्म नेपाली सेनाले पाँच, शसस्त्र प्रहरीले दुई र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिनुभयो ।

प्रहरीले तीन, सेनाले छ, शसस्त्रले दुई, लुम्बीनीले दुई, सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक÷एक वटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश १ ले सात÷सात, शसस्त्रले छ, मधेश र बागमतीले तीन÷तीन, लुम्बीनी र सेनाले दुई÷दुई, पुलीस र कर्णालीले एक÷एक वटा कास्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिनुभयो ।

सोमबार राती १०ः३० मा सकिएको फाइनल खेल अन्तरगत महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा शसस्त्र प्रहरीका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा शसस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् ।

महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र शसस्त्रकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र शसस्त्रकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, शसस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।

२२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464