तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण

वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले ४ स्वर्ण जितेको छ । नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकारढकाल, सागर श्रेष्ठ , ससिन शर्माले स्वर्ण पदक जितेका छन । ७ देखि ८ तारिख भएको खेल बर्तमान संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममाखेलाईएको थियो ।

2 (1)अमेरिका , रसिया, चीन, भारत, बङ्गलादेश , श्रीलंका लगायत बिश्वका २६ देशहरु सहभागीता भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुन १२ जना खेलाडीहरू अन्तराष्ट्रिय प्रशिक्षक तथा यससंघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा नेपाली तेक्वान्दो टिम कोरिया प्रस्थान गरेका थिए । पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकार ढकाल , सिल्बर मेडल सुलभ न्यौपाने , सागर श्रेष्ठ , कृपन तामाङ , स्मृति थापा, प्रेरणा भुसाल , ब्रोन्ज मेडल जुनियर तर्फ सिजन भन्डारी, ससिन शर्मा , सबिन बस्याल , आयुषा गुरुङले जितिन । दोश्रो दिनको जुनियर स्पाईरिङ खेलमा सागर श्रेष्ठ , ससिन शर्मा र प्रेरणा भुसालले गोल्ड मेडल स्मृति थापा, सिजन भन्डारी , साकार ढकाल , सबिन बस्याल , कृपन तामाङले ५ सिल्बर मेडल जित्नसफल भएका छन् ।नेपालले पुम्से र स्पाईरिङ गरि ४ गोल्ड, १० सिल्भर र ४ ब्रोन्ज जित्न सफल भयो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309