तेक्वान्दो इन्डोनेसियामा नेपाललाई स्वर्ण

इन्डोनेसियाको जकारता टिमुरमा सन् २०१६ नोभेम्बर २६ देखि २७ सम्म सञ्चालन भएको छैटौ तेक्वान्दो इन्डोनेसिया डेल्टा कप २०१६ मा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले १ स्वर्ण २ रजत नेपाललाई जिताउन सफल भयो ।
क्योरुगी तर्फ खेलाडी कृष्ण थापा ९६८–७४ के।जी० ले फाइनलमा इन्डोनेसियन खेलाडी फेरीसन सिस्वान्तोलाई पराजित गरी स्वर्ण पदक हात पार्न सफल भए र कालो पेटी पुम्से तर्फ फाइनलमा कोरियन खेलाडी लि जोङ हङसँग पराजित भई रजत पदक हात पारे । त्यसैगरी क्योरुगी तर्फ समिर थापा ९३३–३७ के।जी।० ले फाइनलमा आयोजक टिमका खेलाडी एम। पाइलोसि अरदान्त फिरदाउस सँग पराजित भई रजत पदकमा चित्त बुझाए ।
उक्त प्रतियोगितामा इन्डोनेसिया, नेपाल, कोरिया, मलेसिया लगायत विभिन्न १३ राष्ट्र र विभिन्न क्लब र युनिभर्सिटी टिमहरु गरी १७०० खेलाडीहरुको सहभागिता रह्को थियो ।
टोलीको नेतृत्व संघका महासचिव राज कुमार कार्कीले र टिम कोच तथा व्यवस्थापकको जिम्मेवारी सोविन राज रेग्मीले गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420