तेक्वान्दो टोली कोरिया तर्फ

सोमबार २७ असार २०७३, काठमाण्डौ ।
राष्ट्रिय तेक्वान्दो संघ–नेपालले 10th World Taekwondo Culture Expo, Korea (14th July-19th July 2016) को लागि १२ सदस्य टोलीलाई संघका अध्यक्ष शिव कोइराला, महासचिव राज कुमार कार्की र संघका कोषाध्यक्ष पदम रानाले संघको केन्द्रीय कार्यालय सानो भ(याङ्गमा विदाई कार्यक्रम गरियो । उक्त प्रतियोगिताको नेतृत्व यस संघको चितवन जिल्ला अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विकास श्रेष्ठले गर्दैछन् ।
प्रतियोगितामा कालोपेटी तर्फ साकार ढकाल, सिजन भण्डारी, रातो पेटी तर्फ सागर श्रेष्ठ, निलो पेटी तर्फ शशिन शर्मा, सुलभ न्यौपाने, प्रेरणा भुषाल, पहेलो पेटी तर्फ स्मृति पराजुली थापा, आयुषा गुरुङ्ग, कृपन तामाङ्ग, सबिन बस्याल र मुन्ना विक्रम खाती टिम व्यवस्थापकको भूमिकामा रहनेछन् । विदाई कार्यक्रममा संघका अध्यक्षले 10th World Taekwondo Culture Expo मा उत्कृष्ट प्रदर्शन र प्रतियोगितामा सफलता हात पारि राष्ट्रको शिर उच्च राख्न हौसला प्रदान गर्दै शुभकामना व्यक्त गर्नु भयो तथा महासचिव राज कुमार कार्कीले प्रतियोगिताको नतिजा सम्मानजनक आउने विश्वास व्यक्त गर्दै टिमलाई अग्रिम शुभकामना व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309