तेक्वान्दो टोली भोलि रियो जाँदै
ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक– २०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार प्रस्थान गर्दैछ ।
तेक्वान्दो अगष्ट १७ देखि २० तारिख सम्म सञ्चालन हुनेछ । त्यसमा निशा रावलले ६७ केजीमाथि तौल समूहमा अगष्ट २० तारिखमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी पहिलो नेपाली खेलाडी संगीना वैद्य निशाको प्रशिक्षकको रुपमा रियो जाँदैछिन् । २००४ को एथेन्स ओलम्पिकमा संगीनाले छनोट चरण पार गर्दै प्रतिस्पर्धा गरेकी थिइन् । त्यसको अर्को संस्करणमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गर्दै बेइजिङ ओलम्पिक– २००८ मा खेलेका थिए । संगीना र दीपक बाहेक यो उपलब्धी अरु कुनै नेपाली खेलाडीले आत्मासात् गरेका छैनन् ।
टोलीलाई राष्ट्रिय तेक्वान्दो खेलाडीले बिहीबार त्रिपुरेश्वरमा बिदाइ गरे । रियो ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीमा तेक्वान्दो अन्तिम हो ।
फेसबुक प्रतिक्रिया