तेक्वान्दो प्रशिक्षक थापामगर प्रशिक्षणका लागि अमेरिका जाने
अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक घम थापा मगरलाई विदाई गरिएको छ । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट र नेपाल मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष प्रविन कुमार कार्किले प्रशिक्षक थापामगरलाई एक कार्यक्रमका विच विदाई गरे । सो अवसरमा सदस्यसचिव विष्टले नेपालको लागि खेलकुदमा उज्वल भविष्य निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण लिएर आउन शुभकामना दिए । उनि आगामी सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षक थापामगरले भर्जिनियामा आगामी फेब्रुअरी ६ देखि एप्रील ५ सम्म तेक्वान्दोका आधुनिक कला सम्बन्धि प्रशिक्षण लिनेछन् । हाल अमेरिकामा रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका पुर्व अध्यक्ष कृष्ण बहादुर बलालसँग पनि प्रशिक्षण लिने कार्यक्रम रहेको छ । भर्जिनियामा रहेको अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो प्रशिक्षण केन्द्रमा विशेष प्रशिक्षण लिने प्रशिक्षक थापामगरले बताए । त्यसपश्चात स्पोट्र्स साइन्सको आधारभुत अध्ययनका लागि क्यानडा प्रस्थान गर्ने कार्यक्रम रहेको थापामगरले जानकारी गराए ।
विदाई कार्यक्रमको अवसरमा राखेप सदस्यसचिव विष्टले प्रशिक्षक थापामगरलाई सम्मानपत्रद्धारा सम्मान समेत गरे । नेपालको विकट क्षेत्र बाग्लुङको ढोरपाटनमा तेक्वान्दो खेल विकास लागि पु¥याएको योगदान कदर स्वरुप सम्मान गरिएको मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष कार्की बताए । उनले केही महिना अगाडी मात्र बाग्लुङको पर्यटकिय क्षेत्र ढोरपाटनमा प्रोफेशनल तेक्वान्दो च्याम्पियनसिप गराउन सफल भएकाले प्रोत्साहानका लागि उनलाई सम्मान गरिएको कार्कीले जनाए ।
फेसबुक प्रतिक्रिया