Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

तेक्वान्दो : प्रहरी विजेता

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लव दृतीय तथा तीन स्वर्ण, दुई रजत र ९ कास्य पदक जितेको शसस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले जानकारी दिनुभयो ।
मधेश प्रदेशले १ स्वर्ण, दुई रजत र ५ कास्य, प्रदेश १ ले ८ वटा कास्य, बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बीनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सदुरपश्चिम र एनआरएनएले एक÷एक वटा रजत पदक जितेका छन् । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए ।
विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दिपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनपा ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । गिरोगीतर्फको १६ वटा खेलका स्वर्ण पदक विजेतालाई रु. २५ हजार र ५ वटा पुम्पे खेलमा स्वर्ण पदक विजेतालाई जनही रु. १५ हजारका दरले नगद पुरस्कार, प्रशंसापत्र प्रदान गरिएको थियो ।
मंगलबार भएको महिला ४९ केजी समूहमा शसस्त्रकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाइवा र लुम्बीनिका रतिका शाहीले कास्य पदक जिते । महिला ६२ केजीमा पुलिसका सुस्मिता मोक्तानले स्वर्ण र सेनाका रेश्मा थापाले रजत पदक हात पर्दा कर्णालीका वेविका वस्नेत र प्रदेश १ का प्रज्ञा परियारले कास्य पदक जिते ।
पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र सशस्त्रका रञ्जित साउदले कास्य पदक जितेका छन् । पुरुष ६८ केजी तौल समुहमा सेनाका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाङले रजत, लुम्बीनीका नविन चौधरी र शसस्त्रका मोहम्मद रितिकले कास्य पदक जिते । पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत, सशस्त्रका निरज देउवा र कर्णालीका सोहन राउतले कास्य पदक जितेका छन् ।
सोमबार भएको खेलमा महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा शसस्त्र प्रहरीका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा शसस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् ।
महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र शसस्त्रकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र शसस्त्रकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।
पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, शसस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।
५७ केजी तौल समुह महिलामा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश १ का समिक्षा लिम्बुले कास्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ शसस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कास्य पदक जिते ।
५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कास्य पदक जितेका छन् । प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की शुशिला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन् ।
पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते ।
पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा शसस्त्रका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कास्य पदक जिते ।
टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, शसस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले कास्य पदक हात पारे ।
गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गिता कडायतले स्वर्ण, शसस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बीनीका निमा मल्लले कास्य पदक जिते । पुरुष ५८ केजी तौल समुहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जितेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464