थापालाई थप जिम्मेवारी
राष्ट्रिय खेलकुद परिषद्(राखेप)का प्रशासन बिभाग प्रमुख कुलवहादुर थापाले राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको सचिवको थप जिम्मेवारी पाएका छन् । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले आजै सचिवको जिम्मेवारी तोकिएको पत्र बिभागिय प्रमुख थापालाई हस्तान्तरण गर्नु भयो । राष्ट्रिय खेलकुद विकास ऐन,२०७७ को परिच्छेद ३ को दफा १४ को उपदफा १ बमोजिम परिषद्को प्रशासन महाशाखा प्रमुख नै कार्यकारी समितिको सचिव रहने ब्यवस्था ऐनमा तोकिएको छ । राखेपमा २०५२ सालमा शाखा अधिकृतको रुपमा सेवामा प्रवेश गरेका थापासँग प्रचार प्रसार शाखा प्रमुख हुदै खेलकुद बिकास बिभाग प्रमुखको जिम्मेवारी सम्मालेको अनुभव छ । थापाले समारोह बिज्ञको रुपमा पाँचौं राष्ट्रिय खेलकुद देखि आठौं राष्ट्रिय खेलकुद सम्म कुशलतापूर्वक जिम्मेवारी निभाएको थिए । उनकै निर्देशनमा हालै सम्पन्न १३ औं सागको उद्घाटन र समापनलाई भब्यता प्रदान गरेको थियो भने नेपालमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद(साफ)को पनि समारोह बिज्ञको रुपमा आफुलाई प्रमाणीत गरेका थिए ।
फेसबुक प्रतिक्रिया