थापालाई राखेपको कार्यकारी अधिकार

काठमाडौं, फागुन ४ गते ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार बुधबार प्रदान गरिएको छ ।
‘नेपाल सरकार ९मन्त्री परिषद्० को मिति २०७८÷१०÷२४ को निर्णयानुसार राखेपको सदस्य–सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय भए बमोजिम राखेपका सदस्य–सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार तपाईंलाई दिएको छु ।’ राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
थपासंग राखेप मातहतका विभिन्न विभाग र शाखमा प्रमुख भइ काम गरेको अनुभव छ । यसअघि थापा प्रशासन विभाग र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा रहिसकेका छन् । त्यस्तै थापाले प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायतमा प्रमुख भइ काम गरी गरिसकेका छन् ।
समारोह विज्ञका रुपमा परिचित थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रहि काम गरेका छन् । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । थापाले बिहीबार पद वहाली गर्ने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420