थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई काँस्य
तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो ।
मंगलबार भएको सेमिफाइनल खेलमा आर्मीसँग पराजित भएको थियो भने बागमती प्रदेश एपीएफसँग पराजित भएको थियो । आजै भएको फुल कोर्ट महिला बास्केटबलमा पनि गण्डकी प्रदेशले काँस्य पदक हात पारेको थियो ।
फेसबुक प्रतिक्रिया