Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

दक्षिण एशियाली तेक्वान्दोमा धमला उपाध्यक्षमा निर्वाचित, एनएमजीसीका अध्यक्ष कार्की बोर्ड सदस्य

काठमाडौँ । भारतको बैङलोरमा भएको दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंमा नेपालका अन्जन धमला वरिष्ठ उपाध्यक्षमा निरविरोध निर्वाचित भएका छन् । नेपालले दक्षिण एसियाली तेक्वान्दोमा बोर्ड सदस्यता पनि हात पार्न सफल भयो । अधिवेशन मार्फत नै नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ(एनएमजिसी)का अध्यक्ष प्रविण कुमार कार्की केन्द्रिय सदस्यमा निर्वाचित भए । यसअघि पनि कार्कीले केन्द्रिय सदस्यमा दाबेदारी दिने नेपाल आइटिएफले जनाएको थियो ।
त्यस्तै दक्षिण एसियाली आइटिएफ तेक्वान्दोको अधिवेशनमा नेपाल आइटिएफ तेक्वान्दो महासघंका अध्यक्ष समेत रहेका धमला वरिष्ठ उपाध्यक्षमा चयन भए । धमलाले यसअघि महासचिव पदका लागि दावेदारी दिने बताएका नेपाल आइटिएफले जनाएको थियो । लामो समय आइटिएफ तेक्वान्दोमा योगदान गरेका धमला निरविरोध चयन भएका थिए । दक्षिण एसियामा आइटिएफ तेक्वान्दो खेल विकास विशेष योगदान भएकै कारण धमलाले जिम्मेवारी पाए । यसअघि बुल्गेरियामा भएको विश्व आइटिएफ तेक्वान्दोको कग्रेसमा महासघंले उनलाई आउटस्ट्यान्डिङ अवार्डबाट पनि सम्मान गरेको थियो । छोटो समयमा नेपालमा आइटिएफ तेक्वान्दो खेल विकासमा अथक भूमिका निर्वाह गरे वापत आइटिएफ तेक्वान्दोको महासघंले धमलालाई अवार्ड प्रदान गरेको थियो ।
दक्षिण एसियामा भारतका सिनियर मास्टर राजेन्द्र बलान अध्यक्षमा निर्वाचित भए । भारतकै मास्टर अबदुल रहेमान महासचिवमा चूनिए । दक्षिण एसियामा ८ सदस्य कार्यसमिती बनेको छ । उक्त अधिवेशनमा एशियाली तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष मलेशियाका ग्राण्ड मास्टर तान चेक सी को रोहवरमा सम्पन्न भएको थियो । अधिवेशनमा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, बङलादेश, पाकिस्तान, अफगानिस्ता र श्रीलङका गरी छ राष्ट्रको सहभागिता थियो । सो अधिवेशन भारतको बैङलोरमा पाँचौ दक्षिण एशियाली प्रतियोगिताको दौरानमा दक्षिण एशियामा तेक्वान्दोको थप विकास र विस्तार गर्ने उदेश्यका साथ सम्पन्न भएको थियो । उपाध्यक्ष धमलाले दक्षिण एसियामा नेपालले आफ्नो वर्चस्व जमाएसँगै विस्तारै एसिया र विश्व महासघंमा पनि नेपालले प्रतिनिधीत्व गर्ने योजना बनाएको जनाए । धमलाले भने “यो सफलताले नेपालमा आइटिएफ खेल विकास गर्न हामीलाई थप हौसला तुल्याएको छ । त्यसका लागि छिटृै नयाँ योजना बनाएर अगाडी बढ्छौँ ।”

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464