दाजु÷बहिनी श्रेष्ठसहित ८ जुडो खेलाडी छनोट

काठमाडौं, जेठ ३१ गते ।
चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी बुधबार छनोट भएका  छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष÷महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए ।
महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे । इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन् । इन्द्र, देवकी र मनीता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420