Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

दाहाल, टमाटा र श्रेष्ठलाई बिदाई

राष्ट्रिय खेलकुद परिषद्मा लामो समय सम्म कार्यरत रहि खेलकुदको विकास र विस्तारमा अहोरात्र खटिएका तीन ब्यक्तित्व ह्याण्डबलका नायव बरिष्ठ प्रशिक्षक हिमाल दाहाल, क्रिकेटका नायव बरिष्ठ प्रशिक्षक जगत टमाटा र फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक प्रेमनाथ श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले सोमबार एक कार्यक्रमकाविच बिदाई गरेको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई टिका, खादा तथा मायाको चिनो प्रदान गरि बिदाई गरेका हुन् ।


बिदाई कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले उमेर हदका कारण मात्र प्रशिक्षकहरुको बिदाई भएको भन्दै खेलकुदको विकास र विस्तारमा उहाँहरुको सदा आवश्यकता रहेकाले उहाँहरुको अनुभवलाई आगामी दिनमा खेलकुदको विकासमा उपयोग गर्ने बताए । सदस्य सचिव घिसिङले उहाँहरुको क्षमता र अनुभवलाई हेर्दै नवौं राष्ट्रिय खेलकुदमा महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरेको र त्यस कार्यलाई उहाँहरुले सक्षमतापूर्वक सम्पन्न गरेको बताए ।
२०५० सालमा ह्याण्डबल प्रशिक्षकको भूमिकामा राखेप प्रवेश गरेका हिमाल दाहाल २०६८ सालमा नायव बरिष्ठ प्रशिक्षक, २०७० सालमा मुख्य प्रशिक्षक, २०७६ सालमा उपनिर्देशक हुँदै २०७९ भाद्र १३ गते निर्देशकमा पदोन्नती भएका थिए । उनको अनिवार्य अवकास २०७९ आश्विन १७ गते भएको थियो ।
यस्तै क्रिकेटका मुख्य प्रशिक्षक समेत रहेका जगत टमाटा २०७९ आश्विन ३० गते बाट अनिवार्य अवकास भएका थिए । टमाटा २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा परिषद्मा नियुक्त भएका थिए । २०६३ सालमा प्रशिक्षकको भूमिकामा पदोन्नती भएका टमाटा २०६८ सालमा मुख्य प्रशिक्षकको भूमिकामा पदोन्नती भएका थिए ।
यसैगरि अनिवार्य अवकास प्राप्त गर्ने अर्का फुटकन्ट्याक्टका सहायक प्रशिक्षक प्रेमनाथ श्रेष्ठले २०६५ सालमा परिषद्मा प्रवेश गर्दै २०७८ सालमा मुख्य प्रशिक्षकको भूमिका सम्हालेका थिए । उनको कार्तिक १३ गते अनिवार्य अवकास भएको थियो ।
अनिवार्य अवसकास प्राप्त प्रशिक्षकहरुले आफुहरु खेलकुदबाट टाढा नहुने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
राखेपका प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, उपनिर्देशकहरु, प्रशिक्षक, कर्मचारी लगायतले पनि टिका तथा खादा लगाएर बिदाई गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464