Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

दिपेश र प्रिन्स प्रिक्वाटरमा


एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोश्रो दिन दिपेशले म्याग्दीका विजय बानियालाई २१ । ८, २१ । ८ को समान अंकले पराजित गर्दै अन्तिम सो¥हमा प्रवेश गरेका हुन् । यसतै दुवई अन्तराष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्सले अन्तिम सो¥ह प्रवेश गर्ने क्रममा एपिएफका ईन्द्र महतालाई २१ । १२, २१ । १०को सोझो सेटमा पराजित गरे ।
यस्तै प्रिक्वाटर प्रवेश गर्ने क्रममा पेम्बा शेर्पा, गौतम सिंह कठायत, सुदीप सेढाई, निरञ्जन देवकोटा, बिजित थापा मगर, सुनिल जोशी निर बिक्रम देवकोटा र साजन कृष्ण ताम्राकार पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गर्न सफल भए । पेम्बाले नेपाल प्रहरीका हिरा राईलाई २० । २२, २१ । १९, २३ । २१ले, गौतमले इटहरीका भोजबहादुर गुरुङ्गलाई २१ । १५, २१ । १५ले, सुदीपले कञ्चनपुरका गोकुल जोरालाई २६ । २४, २१ । १३, निरञ्जनले सेनाका बिशाल खड्कालाई २१ । १४, २१ । १९, बिजितले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापालाई २१ । १७, २१ । १९, सुनिल जोशीले पुलिसका पूर्णबहादुर थापालाई २१ । ९, २१ । १६, निरबिक्रमले जेष्टकै अखिल श्रेष्ठलाई २१ । १६, २१ । १३ ले तथा साजनले कैलालीका अमृत चौधरीलाई २१ । १३, २१ । १५ ले पाखा लगाए ।
हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको प्रतियोगितामा सेनाका प्रफुल महर्जन, दिवश संकर र रुकेश महर्जनले पनि प्रिक्वाटरमा स्थान बनाए । प्रफुलले जेष्टका अनिष खतिवडालाई २१ । ७, २१ । ११, दिवशले स्वयंभुका गोकुल तामाङ्गलाई २१ । ९, २१ । १३ र रुकेशले एपिएफका सुमन लिम्बुलाई २१ । १३, २१ । १६ ले पराजित गरे ।
यस्तै जित निकाल्दै अन्तिम सो¥हमा प्रवेश गर्ने क्रममा नेपाल पुलिसका दीपक बोहरा, बिष्णु कटुवाल र जीवन आचार्य पनि रहे । दीपकले सेनाका पविन लिनथेपलाई २१ । १७, १९ । २१, २१ । १५, बिष्णुले जेष्टका अनिष तामाङ्गलाई २१ । ८, २१ । १०ले तथा जीवनले एपिएफका प्रियांशु सिंह क्षेत्रीलाई २१ । १४, २१ । ११ ले पराजित गरे ।
पुरुष युगल तर्फको खेलमा पनि प्रिन्स दाहाल अन्तिम १६ मा स्थान बनाउन सफल भए । प्रिन्सले एपिएफका निर बिक्रम देवकोटासंग मिलेर ललितपुरका मनिष बज्राचार्य र रकेश शाक्यको जोडीलाई २१ । ११, २१ । ९ ले पराजित गर्दै अन्तिम १६ प्रवेश गरेका हुन् । एपिएफका दीपेश र बिजित थापामगरको जोडी पनि बाई हात पार्दै अन्तिम १६ मा सिधै प्रवेश गरे । यस्तै बाई हात पार्दै सिधै प्रिक्वाटर प्रवेश गर्ने अन्य जोडीमा त्रिभुवन आर्मीका रुकेश महर्जन र पविन लिनथेप तथा प्रफुल महर्जन र सुरोज महर्जनको जोडी पनि रहे ।
पुरुष युगल तर्फ एपिएफ र म्याग्दीका मनोज डगौरा र बिजय बानियाको जोडीले ललितपुरका निशेष राज शाक्य र सुजित महर्जनको जोडीलाई २१ । १३, २१ । १३ ले, एपिएफका बिशाल प्रधार र बिमल श्रेष्ठको जोडीले धादिङ्गका मोहन गुरुङ्ग र रुपक श्रेष्ठको जोडीलाई २१ । ९, २१ । १० ले, एपिएफका पेम्बा शेर्पा र प्रियांशु सिंह क्षेत्रीले जेष्टका राम बानिया र सुजन थापाको जोडीलाई २१ । १७, १२ । २१ र २१ । १९ले, पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले जाजरकोटका राजु भँडेल र ठगेन्द्र रानाको जोडीबाट वाक ओभर, सूर्खेत र बाराका नरेन्द्र बम र अनिश खतिवडाको जोडीले एपिएफका राजीव पोद्दार र गणेश पराजुलीको जोडीलाई २१ । १८, २१ । १८ ले, एपिएफका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीले किर्तिपुरका सुरेश बज्राचार्य र बेनु महर्जनलाई २१ । १४, २१ । १८ले, पुलिसका अनिष श्रेष्ठ र गौरव दाहालको जोडीले बुल्स जिमका नारायण दाहाल र लवराज निरौलाको जोडीबाट वाक ओभर, एपिएफका सुनिल जोशी र गौतम कठायतको जोडीले सोयंभुका गोकुल तामाङ्ग र दिल बहादुर गुरुङ्गको जोडीलाई २१ । १४, २१ । १३ ले, र सुदीप सेढाई र साजन कृष्ण ताम्रकारको जोडीले फ्लेक्स ग्रुपका बिरेन्द्र बुढाथोकी र मनोज डङ्गगोलको जोडीबाट वाक ओभर, एपिएफ र पुलिसका निरञ्जन देवकोटा र पूर्ण बहादुर थापाको जोडीले रुपन्देहीका दीप सूर्यबंशी र रोशन कुमालको जोडीलाई २१ । १०, २१ । १६ले, जेष्ट ब्याडमिन्टनका दीपक राना र आशिष तामाङ्गले एपिएफका रमेश शेर्पा र पूर्ण बहादुर बुढाथोकीको जोडीलाई २१ । १९, २१ । १९ ले तथा पुलिसका हिरा राई र सोनाम खपाङ्गीको जोडीले मैत्रीनगरका सन्तोष कुमार पन्त र सुशिल पौडेलको जोडीलाई २१ । ११, २१ । ११ ले हराउँदै प्रिक्वाटरमा प्रवेश गरे ।
मास्टर्स ३५ बर्ष माथिको खेलमा एपिएफका कमल गिरी र सुधिर सुवेदीको जोडी एपिएफकै हर्क राज पन्त र लक्ष्मण थापाको जोडीलाई २१ । १६, २१ । १४ को जित निकाल्दै दोश्रो चरण प्रवेश गरे ।
प्रतियोगितामा पुरुष÷महिला एकल तथा युगल, मिश्रीत युगल, १७ बर्ष मूनिको छात्र तथा छात्रा, निजामती कर्मचारी, सशस्त्र, पुलिस र सेनाका कर्मचारीहरुका लागि मास्टर्स ३५ बर्ष माथि, ४५ र ५५ बर्ष माथिको भेट्रान्स गरि कुल २८७ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रिक्वाटरका सवै खेलहरु भोली हुने कार्यक्रम रहेको छ । भोलीको पहिलो खेल पुरुष एकल बिहान ९ बजे बाट संचालन हुने रेफ्रि किरण गोपाल कारञ्जितले बताएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464