दीपकलाई स्नुकर उपाधि

दीपक मगरले प्रथम दशैं कप स्नुकर प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सुन्धारास्थित एक्सक्लुसिभ स्नुकर क्लबमा भएको फाइनलमा दीपकले राजन लामालाई ६–५ को फ्रेममा पराजित गरे ।
उपाधिसंगै दीपकले ५० हजार तथा राजनले २० हजार नगद पुरस्कार प्राप्त गरे । जिमी लामा र सञ्जय मुल्मी संयुक्त रुपमा तेश्रो भए । दुवैले समान ५–५ नगद पुरस्कार हात पारे । प्रतियोगितामा सुजेन शाही उत्कृष्ट खेलाडी चुनिए । उनले गिफ्ट ह्याम्पर पाए ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, सांसद् मोहनकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । पाँचदिने प्रतियोगितामा ६४ खेलाडी सहभागी थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309