दीपक र फणिन्द्र विशेष प्रशिक्षणमा

काठमाडौं चैत ७ गते ।
कराते प्रशिक्षक विशेष प्रशिक्षणमा सहभागी हुन दीपक श्रेष्ठ र फणिन्द्र ओझा सोमबार जापानको सिघा प्रस्थान गरेका छन् ।
मार्च २० देखि एक महिनासम्म चल्ने प्रशिक्षण सोतो कराते डो संघ, सिघाको आयोजनामा हुन लागेको हो । सोही अवसरमा हुने ग्रेडिङमा पनि दीपक सहभागी हुन कार्यक्रम छ । दीपक पाँचौं डान हुन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव विष्टले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ दक्षिण एसियाली खेलकुद (साग) मा कराते समावेश हुने भएको हुँदा आठौं सागको सफलतालाई पुनः आत्मासात् गर्नेतर्फ संघले तयारी अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309