दुवाथलनमा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीलाई स्वर्ण
दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बूले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।
त्यसैगरी निर्धारित दूरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन् ।
पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भए ।
महिलातर्फ एपीएफका अनिता राइले निर्धारित दूरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दूरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भइन् ।
फेसबुक प्रतिक्रिया