दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट

काठमाडौं, जेठ ८– चीनमा आयोजना हुने १९औं एसियाडका लागि नेपालको जुडो टोलीको दोस्रो चरणको भएको छ ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आटर््स केन्द्रमा भएको प्रतियोगिताबाट महिला र पुरुषतर्पm समान ४÷४ तौलसमूह गरी कुल १६ खेलाडी छनोट भएका हुन् । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक र कर्णाली प्रदेशका प्रवीणकुमार दियाली तथा ६६ केजीमुनि नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीका किरण भट्टराई दोस्रो चरणका लागि छनोट भए । पुरुषकै ८१ केजीमुनि नेपाल पुलिसका मदु रोक्का मगर र आर्मीका जंगबहादुर सारु तथा सय केजीमाथि तौलसमूहमा नेपाल पुलिसका राजन जोशी र आर्मीका रन्जेश गोले छनोट भए ।
महिलातर्पm ५२ केजी तौलसमूहमा बागमतीकी देवकीमाया श्रेष्ठ र आर्मीकी रोश्ना दंगाल तथा ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान र आर्मीकी सीमाकुमारी चिडी छनोट भएका छन् । महिलाकै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र बागमतीकी रन्जना खड्का तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र पुलिसकी पूजा राजवंशी दोस्रो चरणका लागि छनोट भए । १९औं एसियाड चीनको हान्जाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373