दोस्रो विश्व विद्यालय खेलकुदको एथलेटिक्समा त्रिभुवन विश्वविद्यालय प्रथम
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गतको एथलेटिक्स तर्फ त्रिभुवन विश्वविद्यालय ६ स्वर्ण सहित १४ पदका साथ प्रथम भएको छ । त्रिभुवनले रजत ५ र कास्य ३ पदक प्राप्त गरेको हो । त्रिभुवन विश्व विद्यालयले ८०० मिटर दौडमा महिला पुरुष,४०० मिटर दौडमा महिला १०० मिटर दौडमा महिला र २०० मिटर दौडमा महिला तथा महिला लंङजम्पमा स्वर्ण पदक जितेका हुन ।
यस्तै महिला तथा पुरुष २०० र ४०० मिटर १०० मिटर महिलामा रजत पदक प्राप्त गरेको छ । यस्तै १०० मिटर पुरुष तथा लंङजम्प महिला पुरुषमा कास्य पदक प्राप्त गरेका हुन ।
सुदुरपश्चिमले ३ स्वर्ण,१ रजत र २ कास्य पदक प्राप्त गरेको छ भने मध्यपश्चिम विश्वविद्यालयले १ स्वर्ण र ३ रजत पदक जितेको छ । काठमाण्डौ विश्व विद्यालयले रजत १ र कास्य १ पदक प्राप्त गरेको छ । यसै गरि गण्डकी विश्व विद्यालयले २ र लुम्विनी विश्वविद्यालय र पूर्वान्चल विश्वविद्यालयले १÷१ कास्य पदक प्राप्त गरेको छ ।
फेसबुक प्रतिक्रिया