नवनियुक्त सदस्यहरुको शपथ ग्रहण
काठमाडौं, भदौ १ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त छ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केहि समय राखेपका कार्यवाहक
सदस्य–सचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर
ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा खेलकुद
मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण
गराए ।
खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, सुभास श्रेष्ठ,
इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद
भट्टराईलाई राखेपको सदस्यमा मनोनित गरेको थियो । सो अवसरमा मन्त्री
विश्वकर्माले चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रकृया पनि अगाडि बढाइने
जानकारी दिए ।
फेसबुक प्रतिक्रिया