नवीनको बढुवा

तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठ सेकेन्ड क्लास निर्णायकमा बढुवा भएका छन् ।

थार्ड क्लास निर्णायक भएको ८ वर्षको अवधिमा नवीन सेकेन्ड क्लासमा बढुवा भएका हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको आधारमा बढुवा हुने चलन रहेको नवीनले बताए ।

नवीन नेपाल तेक्वान्दो संघअन्तर्गतको निर्णायक कमिटीका संयोजकका साथै संघका सचिव पनि हुन् । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नवीनलाई सोमबार विश्व तेक्वान्दोबाट प्राप्त परिचय पत्र हस्तान्तरण गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373