नवौँ राष्ट्रिय खेलकुदलाई सामान्य रुपमा नलिन आग्रह

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदलाई सामान्य रुपमा नलिन आग्रह गर्नु भएको छ । राष्ट्रिय उसु डिप्लोमा कोर्स(२०२२ र राष्ट्रिय उसु जज सेमिनार(२०२२ उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै उहाँले ९ औँ राष्ट्रिय खेलकुद आगामी १४ औँ दक्षिण एसियायाली खेलकुद र आगामी १९ औँ एसियाली खेलकुदको छनोटको प्लेटफर्म रहेको बताउनु भएको हो ।

उहाँले उसुका निर्णायकहरुलाई राम्रो जज गर्न निर्देशन दिनु भयो । उहाँले भन्नु भयो, “हामीले तुरुन्तै राष्ट्रिय टिमको प्रशिक्षण गर्नेछौ । त्यो प्रशिक्षणबाट हामीले निखार्दै निखार्दै लगेर हामीले आगामी १४ औँ दक्षिण एसियायाली खेलकुद र १९ औँ एसियाली खेलकुदमा पुग्दा फेरी नयाँ उचाइमा नयाँ उपलब्धी हासिल गर्ने र त्यो इतिहास रचना गर्ने ठाउँंमा उशुलाई पुर्‍याउनु छ ।”

उहाँले नेशनल टिमले नेशनल टिमसँग मात्रै खेल्ने बताउनु भयो । उहाँले भन्नु भयो, “कहिलेकाही इण्डो नेपाल भन्दिने, कहिलेकाही साउथ एसियन भन्दिने, लेभल नै नमिल्ने प्रतियोगिताहरु गरिरहेका छौँ हामी कतिपय खेलहरु । यसलाई अभोइड गर्न चाहन्छु ।”

सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद परिषदले उसु महासंघलाई व्यवस्थापनका निमित आवश्यक सपोर्ट आर्थिक,खेलकुद सामाग्री सबै कुराको सहयोग हुने बताउनु भयो । उहाँले हरेक प्रतियोगिताहरुबाट राम्रो क्षमता भएका खेलाडीहरुलाई हन्ट गर्न जोड दिनुभयो ।

मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309