नवौं राष्ट्रियको कार्यविधि र बजेटको खाका तयार गर्ने
यसै वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजना सम्बन्धी समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेट व्यवस्थाको खाका तयारीका लागि अविलम्ब युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ । खेलकुद मन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा कार्यकारी समितिका संयोजक राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापाको संयोजत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि ग¥यो । उनीहरुको गत पुस मसान्तमै म्याद समाप्त भएको थियो ।
त्यस्तै चीनको होन्जाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको उपयुक्त सहभागिता र बजेटका लागि खेलकुद मन्त्रालयमा अनुरोध गर्ने तथा रुसमा हुने सातौं चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा नेपालबाट कुन–कुन खेलहरु समावेश गर्न खेलाडी छनोट गर्ने र सहभागितालाई बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
फेसबुक प्रतिक्रिया