नवौं राष्ट्रिय : -याफ्टिङ्ग एण्ड क्यानोइङ्गको प्रदर्शनी खेल सम्पन्न

उदयपुरका डम्बरबहादुर पुर्बोछानेले कायाक स्लालमको उपाधि जित्दा नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत -याफ्टिङ्ग आर–फोरमा कास्कीको प्याडल नेपालले पहिलो स्थान हासिल गरेको छ ।

नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश -याफ्टिङ्ग एण्ड क्यानोइङ्ग अन्तर्गत आइतबार बिहान दोबिल्लाको सेती नदीमा सम्पन्न -याफटिङ आर–फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको -याफटिङ एड्भेन्चर्स उपविजेता बन्न सफल भएको हो । कास्कीको -यापिड रनर एक्सपिडिसन तेस्रो भएको छ ।

दोबिल्लाकै फुस्रे खोलामा भएको कायाक स्लालममा पुर्बोछानेले उपाधि जित्दा चितवनका नवीन श्रेष्ठ उपविजेता भए भने चितवनकै विजय गुरुङले तेस्रो स्थान हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार दोबिल्लामा प्रतियोगिताको उद्घाटन गरेका थिए । सोही अवसरमा आइतबार नै सम्पन्न भएको -याफ्टिङ्ग आर–फोरका विजेताहरुलाई पुरस्कृत पनि गरे ।

प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले -याफ्टिङ्ग एण्ड क्यानोइङ्गका पदकहरु नवौं वृहत राष्ट्रिय खेलकुदको आधिकारिक पदक तालिकामा गणना हुँदैन । विजेताले नवौं वृहत राष्ट्रिय खेलकुदको पदक प्राप्त नगरे पनि यो राष्ट्रिय संघले गराएको प्रतियोगिता भएकाले आधिकारिकता भने हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420