Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नवौं राष्ट्रिय खेलकुदः तेस्रो दिन पनि स्वर्णमा आर्मीकै वचश्व

नवौं राष्ट्रि खेलकुदमा शनिबार तेस्रो दिन २६ स्वर्णका लागि प्रतिस्पर्धा भयो ।
एथ्लेटिक्समा दोस्रो दिन चार स्वर्ण पदकको छिनोफानो भयो भने पौडीमा पनि पाँच, लन टेनिसमा दुई, साइकलिङमा दुई, आइटिइफ तेक्वान्दोमा चार,शारीरिक सुगठनमा दुई,फुलकन्ट्याक्टमा तीन,भरोक्तोलनमा एक र सेपाताक्रोमा दुई स्वर्ण पदकको टुङगो लाग्यो ।
दोस्रो दिनको झै तेस्रो दिनमा पनि पदक तालिकामा त्रिभुवन आर्मी क्लबै वर्चस्व रह्यो । आर्मीले २५ मध्ये १८ स्वर्ण जित्दा गण्डकीले चार,नेपाल पुलिस क्लबले दुई, एनआरएनले एक र प्रदेश एकले एक स्वर्ण जित्यो ।
एथ्लेटिक्समा आर्मीको दबदबाः
तेस्रो दिन आइतबार एथ्लेटिक्समा आर्मीले तीन कीर्तिमानसहित चार स्वर्ण पदक जित्यो ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर पुरुषमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान पोखरा रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपी चन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे ।
गोपीले २०१४ मा साउथ कोरियामा भएको एसियन गेम्समा ३० मिनेट ३०.९९ सेकेन्डकोसाथ कीर्तिमान बनाएका थिए ।
त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ४०० मिटर महिला हर्डल्समा स्वर्ण पदक जितेकी छन् । उनले यो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।
उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । यस्तै, १ मिनेट ०६.०६ मा पूरा गरेकी एपिएफकी भागिरथी कुमारी थारुले रजत पदक जितिन् । एपिएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चिँदै कास्य पदक जितेकी छन् ।
यसअघि यो कीर्तिमान उनको आफ्नै नाममा थियो । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ को कीर्तिमान कायम गरेकी थिइन् ।
एथ्लेटिक्सको महिला हाइजम्पमा आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा आइतबार भएको खेलमा १.५२ मिटर उचाई नाघेर स्वर्ण पदक जितिन् ।
यसै इभेन्टमा आर्मीकै बिन्दु थनेटले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य पदक जितिन् । बिन्दुले १.५० तथा १.४१ को उचाई नाघेकी थिइन् ।
एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रिले स्वर्ण पदक जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको खेलमा सूर्यले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् ।
पौडीमा पनि आर्मीकै वर्चश्व
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन पनि पौडीमा आर्मीकै वर्चश्व रह्यो । आर्मीका नासिर हुनेसनले नयाँ राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण पदक जितेका छन् । आइतबार भएको पुरुष २०० मिटर फ्रिस्टाइलमा यसअघि सन् २०२१ को डिसेम्बरमा १५औं फिना विश्व पौडी च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ५८.३० सकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते ।
आइतबार पोखराको फिस्टेल एकेडेमीको पौडी पोखरीमा निर्धारित दूरी १ मिनेट ५५.३९ सेकेन्डमा पार गर्दै नयाँ कीर्तिमान बनाए ।
आइतबार साँझ नै भएको पुरुष २०० मिटर इन्डिभिजुअल मेड्लेमा पनि उनी आफैंले गत वर्ष फिना च्याम्पिनसिपमै बनाएको २ मिनेट ११.८५ सेकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते ।
डुवाना लामाले आफ्नै नाममा भएको कीर्तिमान सुधार गर्दै नवौं राष्ट्रिय खेलकुदको पौडीमा स्वर्ण पदक जितेकी छन् ।
आइतबार पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको ५० मिटर महिला ब्रेस्ट स्ट्रोकमा आफ्नो तीन वर्ष पुरानो कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी हुन् ।
एनआरएनए)की खेलाडी एस्ली सापकोटा डंगोलले चौथो स्वर्ण पदक जितेकी छन् ।
पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको महिला ८०० मिटर फ्रिस्टाइलमामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौथो स्वर्ण हात पारेकी हुन् । सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७.६४ सेकेन्डको समय निकाल्दै काश्य जितिन् ।
यसअघि उनले ५० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।
त्रिभुवन आर्मी क्लबकी खेलाडी गौरिका सिंहले महिला १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् ।
उनले निर्धारित दूरी १ मिनेट ०५.५० सेकेन्डमा पूरा गरिन् । सोही इभेन्टमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए)की एस्ली सापकोटा डंगोलले रजत पदक जितेकी छन् । उनले १ मिनेट ०८.७९ मा निर्धारित दूरी पूरा गरिन् ।
यस्तै, त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकारले १ मिनेट १३.८० सेकेन्डमा पूरा गरेकी थिइन् ।
आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको छ ।
नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।
रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् ।
नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।
आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबारदेखि सुरु हुदैछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् ।
आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ ।
सेपाकताक्रो
पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण त्रिभुवन आर्मी क्लबले जितेको छ ।
पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक बागमतीले हात पारेका छन् ।
महिला डबलतर्फ पनि आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टिम आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाए । महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन् ।
महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् ।
साइकलिङ
बागमतीकी लक्ष्मी मगरले आइतबार नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा स्वर्ण पदक जितेकी छिन् । मगरले तीन वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन ।
पोखराको रानीबनमा जारी साइक्लिङ प्रतियोगिताअन्तर्गत महिलाको १५ किलोमिटर दुरी एक घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी उशा खनालले रजत पदक जितिन । उशाले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गरेकी थिइन । त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ)की हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको टाइमिङका साथ कांस्य पदक जिते ।
आजै पुरुषतर्फ १९ किलोमिटरको दुरी एपिएफका सुरज राना मगरले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा सागको ट्रायथलनमा स्वर्ण पदक विजेता आर्मीका हिमाल टमाटा रजत पदकमा सीमित भए । उनले १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरेका थिए । यसैगरी एपिएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर कांस्य पदक जिते ।
प्रतियोगिताअन्तर्गत हिजो महिला÷पुरुष डाउनहिलका खेलहरु सम्पन्न भएका थिए । महिला डाउनहिलमा आर्मीकी गृष्मा श्रेष्ठले स्वर्ण, आर्मीकै उशा खनालले रजत तथा गण्डकीकी जमुना थापाले कांस्य पदक जितेका थिए । यसैगरी पुरुष डाउनहिलमा आर्मीका राजेश मल्लले स्वर्ण, बागमतीका निरभ श्रेष्ठले रजत तथा एपिएफका प्रतिक थापा मगरले कांस्य पदक जितेका थिए ।
साइक्लिङका कुल आठ स्वर्ण पदकमध्ये चारवटाको छिनोफानो भइसकेको छ भने बाँकी चार पदकका लागि मंगलबार र बुधबार खेल हुनेछन् । तालिकाअनुसार मंगलबार महिला र पुरुष दुवैको व्यक्तिगत टाइम ट्रायल तथा बुधबार महिला र पुरुष दुवैको रोडरेस हुनेछन् । प्रतियोगितामा सोमबार भने कुनै खेल हुने छैनन् ।
आइतबारसम्म सम्पन्न खेलको नतिजाअनुसार साइक्लिङमा दुई स्वर्ण र तीन रजत पदकका साथ आर्मी सबभन्दा अगाडि छ । एपिएफले एक स्वर्ण तथा तीन कांस्य पदक जित्दै दोस्रो स्थानमा रहँदा बागमती प्रदेशले एक स्वर्ण र एक रजत पदक जितेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464