नवौं राष्ट्रिय खेलकुदः दोस्रो दिन आर्मीलाई नौ स्वर्ण, गण्डकीले खाता खोल्यो
पोखरा, असोज २९– नवौं राष्ट्रि खेलकुदमा शनिबार दोस्रो दिन २५ स्वर्णका लागि प्रतिस्पर्धा भयो ।
एथ्लेटिक्समा कुल ३७ मध्ये सात इभेन्ट्समा पदक छिनोफानो भयो भने पौडीमा आठ स्वर्णको टुङगो लाग्यो । त्यस्तै गल्फमा तीन, साइकलिङमा तीन, टेबल टेनिसमा दुई र ह्यान्डबालमा दुई स्वर्णको छिनोफानो भयो । एथ्लेटिक्समा पहिलो दिन आर्मीले तीन, एपिएफले दुई तथा बाग्मती र नेपाल पुलिस क्लबले समान एक स्वर्ण जिते । गण्डकी प्रदेशले पुरुष ह्यान्डबलमा स्वर्ण पदक जित्यो भने महिला ह्यान्डबलमा आर्मीले स्वर्ण पदक जित्यो । पौडीतर्फ आर्मीले तीन, एनआरएनले तीन तथा एपिएफले दुई स्वर्ण पदक जित्यो ।
स्वास्थ समस्याका कारण कीर्तिमानी खेलाडी गौरिका सिंहले महिला एक सय मिटर फ्रिस्टाइल र महिला दुई सय मिटर ब्याकस्ट्रोकको अन्तिम चरणबाट नाम फिर्ता लिइन । गल्फमा बाग्मतीले आज तीन स्वर्ण पदक जित्यो । बाग्मतीले पुरुष र महिला एकल र टिम स्पर्धामा स्वर्ण पदक जित्यो । साइकलिङमा डाउनहिलतर्फ पुरुष र महिला विधामा आर्मीले स्वर्ण पदक जित्यो । टेबुल टेनिसमा दुवै पनि पुलिसले महिला र पुरुष टिम इभेन्टसमा स्वर्ण पदक जित्यो ।
शनिबार कुल २५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा आर्मीले सर्वाधिक नौ स्वर्ण जित्दा बाग्मती र एपिएफले चार, एनआरएन र नेपाल पुलिस क्लबले समान तीन र गण्डकी प्रदेशले एक स्वर्ण पदक जित्यो ।
दुई राष्ट्रिय कीर्तिमान
पोखरा, असोज २९– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा पहिलो दिन शनिबार पोखरा रंगशालामा सुरु हुँदा दुई नयाँ राष्ट्रिय कीर्तिमानसहित सात स्वर्ण पदकको टुङ्गो लागेको छ । कुल ३७ मध्ये सात विधामा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने ।
पहिलो दिनको खेलको समाप्तीमा तीन स्वर्ण तीन रजत र तीन कांस्य पदकसँगै आर्मी एथ्लेटिक्स अंकतालिकाको शीर्ष स्थानमा छ । दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको एपिएफ दोस्रो स्थानमा छ भने एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हात पारेको पुलिस तेस्रो स्थानमा छ । एक स्वर्ण र एक कांस्य जितेको बाग्मती चौथो स्थानमा रहँदा दुई रजतमात्र जितेको लुम्बिनी पाँचौं स्थानमा छ । प्रतियोगितामा सहभागी अन्य टिमले कुनै पदक जितेका छैनन् ।
एक सय मिटरको पुरुषतर्फ सशस्त्र प्रहरी बलका शिवराज पार्की र महिलामा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान बनाए । महिलातर्पm सय मिटरको हिटमा लुम्बिनी प्रदेशकी निसा चौधरीले १२.१५ सेकेन्डको समय निकाल्दै राष्ट्रिय बनाएकी थिइन् । यस विधाको सबैभन्दा उत्कृष्ट समय देविमाया पनेरुको नाममा थियो । सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद(साफ) मा देवीमायाले १२.१९ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् ।
शनिबारदेखि सुरु नवौं खेलकुदको एथ्लेटिक्समा निसाले उनको कीर्तिमान भंग गरेको केही पनि नबित्दै सरस्वतीले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । फाइनल चरणमा निसाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित आफ्नो नाम लेखाइन् । सरस्वतीले १२ः१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जितिन् । यता, आफ्नै हिटको भन्दा कमजोर प्रदर्शन गरेकी निशाले १२ः२२ सेकेन्डमा साथ रजत पदकमा खुम्चिन बाध्य भइन् ।
फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित नाम लेखाइन । सरस्वतीले १२ः१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जित्दा आफ्नै हिटको भन्दा कमजोर प्रदर्शनमा सीमित निशाले १२ः२२ सेकेन्डमा दुरी पार गरेर रजत पदक हात पारिन । यसैगरी आर्मीकी रमिता थारुले १२ः९३ सेकेन्डको टाइमिङका साथ कांस्य पदकमा नाम लेखाइन् ।
पुरुष १ हजार ५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२ः२१ सेकेन्डमा दुरी पूरा गरेर स्वर्ण पदक जिते । सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३ः११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६ः५ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः रजत र कांस्य पदक जिते । महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ३६ मिनेट १२ः३६ सेकेन्डका साथ स्वर्ण जित्दा पुलिसकी राजपुरा पछाईं ३६ मिनेट २९ः४५ सेकेन्डका साथ रजत पदकमा खुम्चिन् । सन्तोषीले अन्तिम ल्यापमा मात्र राजपुरालाई पछि पारेकी हुन् ।
एपिएफकी पुष्पा भण्डारी (३७ मिनेट ४ः०२ सेकेन्ड)ले कांस्य पदक जितिन् । पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मी क्लबका मुकेश पालले तीन मिनेट ५२ः२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण पदक जिते । सो विधामा एपिएफका अजित यादवले तीन मिनेट ५३ः११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले तीन मिनेट ५६ः५ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः रजत र कांस्य पदक जिते । महिला १ हजार ५ सय मिटर दौडमा एपिएफकी फूलमती रानाले चार मिनेट ३८ः१९ सेकेन्ड समयका साथ स्वर्ण जिते ।
आर्मी क्लबकी सरस्वती भट्टराईले चार मिनेट ४१ः०० सेकेन्डमा र आर्मीकै रेखा लिम्बुले कांस्य पदक जितिन् । रेखाले पाँच मिनेट ३ः८० सेकेन्डमा पार गरिन् । सटपुट पुरुषमा आर्मीका तिलक बिकले १२ः८५ मिटर फाल्दै स्वर्ण पदक जित्दा १२ः६४ मिटर फ्याँकेका आर्मीकै चित्रबहादुर वलीले रजत तथा बागमतीका ललित रावतले ११ः९५ मिटर पर फालेर कांस्य पदक जिते । सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे (१२ः४० मिटर)ले स्वर्ण जिते ।
लुम्बिनी प्रदेशी संगीता अधिकारी (१०ः८३ मिटर)ले रजत तथा नेपाल पुलिसकी वषन्ती चौधरीले (९ः८६ मिटर)ले कांस्य पदक जिते ।
रग्बीमा आर्मी र लुम्बिनीको जित
पोखरा, असोज २९–विभागीय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी खेलमा विजयी सुरुआत गरेका छन् ।
शनिबारबाट कास्कीको भण्डारढिक खेल मैदानमा भएको पुरुषतर्पm आर्मीले गण्डकी प्रदेश र लुम्बिनीले बाग्मती प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन् । आर्मीले र गण्डकीमाथि २४–५ अंकको फराकिलो जित निकाल्यो । आर्मीले चार ट्राई र दुई कनभर्जन किकमा सफलता पायो । दुई वटा कन्भर्जन किकमा भने आर्मी असफल रह्यो । गण्डकीले भने एक ट्राइ ग¥यो । कनभर्जन किकमा भने गण्डकीले सफलता पाउन सकेन । दोस्रो खेलमा पनि लुम्बिनीले बाग्मती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले हरायो । लुम्बिनीले चार ट्राई ग¥यो ।
तर, कनभर्जन किकमा भने लुम्बिनी असफल रह्यो । बाग्मतीले भने ट्राई फर्कायो । गण्डकीले महिलातर्पm भने सफलता पायो । गण्डकीले कर्णाली प्रदेशमाथि १०–५ अंकले हरायो । महिलामा नै सशस्त्र प्रहरी बल एपिएफ क्लबले मधेश प्रदेशमाथि १७–५ को जित निकाल्यो । खेलको सुरुआतमै ट्राईका साथ अग्रता बनाएको मधेशले त्यसलाई जारी राख्न सकेन । एपिएफले दुई ट्राई र दुई कनभर्जन किक गर्दै रबाफिलो जित निकाल्यो । रग्बीमा दोस्रो दिन आइतबार पुरुषमा ९ र महिलामा तीन गरी १२ खेलहरू सञ्चालन हुनेछन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।
मन्त्री गहतराजले यो प्रतियोगिताले क्षमतावान्, सक्षम र प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा उपस्थित थिए । रग्बीले पहिलो पटक राष्ट्रिय खेलकुद खेल्दै छ ।
महिला क्रिकेटतर्पm एपिएफ सेमिफाइनलमा
मधेस प्रदेशलाई २८ रनले हराउँदै एपिएफ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा एक सय २ रनको लक्ष्य पछ्याएको मधेश ७४ रनमै समेटिएपछि एपिएफ सेमिफाइनलमा प्रवेश ग¥यो । सरस्वती चौधरी र कमला गौतमले समान १३ रन, अनुराधा चौधरीले ११ रन जोडे पनि मधेशको जितका लागि पर्याप्त भएन । एपिएफकी नेरी थापाले अलराउन्ड प्रदर्शन गर्दै तीन विकेट लिइन् । उनी प्येलर अफ दी म्याच घोषित भइन् । टस जितेर ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित २० ओभरमा एक सय १ रन बनायो । एपिएफकी राजमती ऐरीले १६, ज्योति पाण्डेले १५ र नेरी थापाले १२ रन बनाए । मधेसका सरस्वती चौधरीले तीन विकेट लिँदै कविता गौतम र शान्ति चौधरीले समान २÷२ विकेट लिए ।
चौथो खेलमा गण्डकी प्रदेश बाग्मतीसँग ३० रनले पराजित भएको छ । ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ५८ रनमा समेटियो । गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । सिमना केसीले सर्वाधिक ९ रन जोडिन् । बाग्मतीका लागि अस्मिना कर्माचार्य र बिपिसा शाहीले २÷२ विकेट लिए । सोनी पाख्रिन प्लेयर अफ दी म्याच घोषित भइन् । टस जितेर ब्याटिङ गरेको बाग्मतीले ८८ रनको योगफल तयार पा¥यो । सोनी पाख्रिनले २१ रनको योगदान गर्दा आकृति भण्डारीले ११ रन बनाइन् । गण्डकीकी सृष्टि जैसीले दुई विकेट लिइन् ।
महिला फुटबल एपिएफको १६ गोल
सावित्रा भण्डारीको ह्याट्रिकसहित पाँच गोल र सरु लिम्बुको ह्याट्रिक मद्दतमा एपिएफले महिला फुटबलमा कर्णाली प्रदेशमाथि १६–० को गोलवर्षा ग¥यो । एपिएफका रविना गोले र गीता रानाले २÷२ गोल गर्दा अनिता बस्नेत, प्रीति राई, सविता राना र मनमाया लिम्बुले समान एक गोल गरे । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश–१ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ ले पराजित गरेको छ । प्रदेश–१ का लागि अन्जना थुलुङ राई र अनिता गुरुङले समान एक गोल गर्दा गण्डकीकी शान्ति नेपालीले सान्त्वना गोल फर्काइन् ।
बुद्धिचालमा रुपेश, सुजना र आशिषको अग्रता
नवौ राष्ट्रिय खेलकुदअन्र्तगत गोरखामा सुरु भएको बुद्धिचाल खुला तथा महिलातर्पm दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ ।
खुल्ला क्लासिकल इभेन्टतर्पmको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रूपेश जैसवालको अग्रता कायमै रहेको छ । उनले क्लासिकल इभेन्टको तेस्रो चरण सकिँदासम्म तीन अंक जोड्न सफल भएका हुन् । बाग्मती प्रदेशका आशिष फुँयालले पनि तीन अंक जोड्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए । नेपाल पुलिसका क्षितिज भण्डारीले पनि तेस्रो चरणसम्म आइपुग्दा तीन अंक जोडे । त्रिभुवन आर्मी क्लबका सजिन महर्जनले २.५ अंक बटुले । महिला क्लासिकलको तेस्रो चरण सम्पन्न हँुदा आर्मीकी सुजना लोहनी, प्रदेश– १ की खुस्बु थापाले अग्रता लिएका छन् ।
लोहनी, थापा र गण्डकी पूजा भण्डारीले समान तीन अंक जोडेका छन् । प्रदेश–१ की कृतिसारा अधिकारीले २.५ अंक बटुलिन् ।
ह्यान्डबलबाट घरेलु टोलीले खाता खोल्यो
पोखरा, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । पुरुष ह्यान्डबलमा गण्डकीले आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको हो ।
पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार गण्डकीले फाइनलमा आर्मीलाई ४३–३६ स्कोरले हराएको हो । एपिएफले लुम्बिनी प्रदेशलाई ३५–१३ स्कोरले हराउँदैकांस्य पदक जित्यो । विभागीय डर्बीमा त्रिभुवन आर्मीले महिला ह्यान्डबलको उपाधि जित्यो । बहुउद्देश्यीय कभर्ड हलमै भएको फाइनलमा आर्मीले एपिएफलाई १७–१६ स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा एपिएफ सम्हालिन नसक्दाको फाइदा आर्मीले उठायो । खेल सकिन दुई मिनेट बाँकी छँदा १५–१६ को स्थितिमा पछि परेको आर्मीले दुई मिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का ग¥यो ।
पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा पुग्दा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको एपिएफले १६–१४ को स्थितिमा अग्रतासमेत लिएको थियो । तर, अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा एपिएफ १७–१६ ले स्तब्ध हुँदा रजत पदकमा खुम्चिन पुग्यो । महिलातर्पm तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कांस्य पदक जित्यो ।
डाउनहिलमा आर्मीलाई दुई स्वर्ण
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला साइक्लिङ डाउनहिलमा नेपाल आर्मीकी निष्मा श्रेष्ठले दुई मिनेट २३.५८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितिन् ।
पोखराको रानीबनमा आयोजित साइक्लिङको डाउनहिलमा आर्मीकै उषा खनाल दोस्रो भइन् । उनले दुई मिनेट ३७.४५ सेकेन्डमा दूरी पूरा गर्दै रजत प्राप्त गरिन् । गण्डकी प्रदेशकी जमुना थापाले दुई मिनेट ४०.०९ सेकेन्डका साथ कांस्य पदक जितिन् । पुरुष डाउनहिलमा आर्मीका राजेश मगरले एक मिनेट ४९.१० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । बागमती प्रदेशका निरभ श्रेष्ठले एक मिनेट ५२.१० सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्दा एपिएपका प्रतीक थापामगरले एक मिनेट ५५.६९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते ।
गल्फमा बाग्मतीलाई तीन स्वर्ण
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गल्फको व्यक्तिगत विधातर्पm आर्मीका सुवास तामाङले स्वर्ण जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्समा सम्पन्न प्रतिस्पर्धामा सुवासले सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् ।
प्रदेश–१ का युवराज भुजेलले कांस्य पदक जिते । पहिलो दिन एक अन्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १ सय ३७ स्कोरसहित स्वर्ण पदकमा आफ्नो नाम लेखाए । सद्भावले अघिल्लो दिन एक ओभर ७० को स्कोरमा टुग्याएका थिए । दोस्रो दिन सुधार्दै एक अन्डर ६८ खेलेपछि उनी समग्रमा १ सय ३८ स्कोरमा रहँदै रजतमा खुम्चिए । युवराज भुजेलले भने कांस्य पदकमा चित्त बुझाए । टिम इभेन्टको प्रतिस्पर्धामा बाग्मतीले स्वर्ण जित्दा प्रदेश–१ ले रजत र आर्मीले कांस्य पदक जित्यो ।
महिलातर्फ बाग्मतीकी कश्मिरा शाहले स्वर्ण, बाग्मतीकै तारा कार्कीले रजत र प्रदेश– १ की सुष्मा सिग्देलले कांस्य जिते । महिला टिम इभेन्टमा बाग्मतीले स्वर्ण जित्दा प्रदेश–१ ले रजत र गण्डकीले कांस्य पदक जितेका छन् । व्यक्तिगत विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । टिम इभेन्टमा विजेता खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
फेसबुक प्रतिक्रिया