नवौं राष्ट्रिय खेलकुदः पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण

एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङ्ग अन्तरगतको सावर विधामा एपिएफका लागि स्वर्ण जितेका छन् । उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन् । एपिएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे ।


इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन् । ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे ।


फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भईन् । उनले एपिएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन् । एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए ।
नवौं राष्ट्रिय प्रतियोगितामा फेन्सिङ्गमा ६ स्वर्णका छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ । पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309