Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ । राष्ट्रिय खेलकुद अन्तरगत भएको ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो ।
बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष पुलिसले २ विकेटको क्षतीमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६.५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे । उनी जितेन्द्र मुखियाको एलबिडब्लु धरापमा परेर आउट भए । यस्तै सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे । ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । यसैगरि दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन र आरिफ सेख १ बलमा ६ रनका साथ नटआउट रहे । सेनाका जितेन्द्र मुखिया र सुसन भारीले १, १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको सेनाले निर्धारित ८ ओरमा ७ विकेटको क्षतीमा १०३ रन जोडेको थियो । विनोद भण्डारीले १४ बलमा ४० रन, रोहित पौडेलले १० बलमा २८ रन, कुशल मल्लले १३ बलमा १३ रन र भिम सार्कीले ४ बलमा ११ रन जोडे । पुलिसका गुलशन झाले २, ललित राजबंशीले २, रशिद खान र दिपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए । उपबिजयी सेनाले रजत पदक प्राप्त ग¥यो ।
तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनए विचको खेल बर्षाका कारण हुन नसके पछि टसबाट निर्णय गरिएको थियो । जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भयो ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वाला लगयातले पुरस्कार वितरण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464