Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नवौं राष्ट्रिय खेलकुद ः नेपाल प्रहरी अन्तिम चारमा

नवौं राष्ट्रिय खेलकुदअन्र्तगत महिला क्रिकेटको समुह बी मा चार अंक सहित विभागीए टोली नेपाल प्रहरी शिर्ष स्थानमा रहेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिस क्लवले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५८ रन बनाएको थियो । पुलिसकी प्लेयर अफ दि म्याच सम्झना खड्काले अर्धसतक बनाइन् । उनले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ६० रन बनाइन् । त्यस्तै कविता कुँवरले ३७ रन बनाउँदा काजोल श्रेष्ठले ६ रन बनाइन् । पुलिसकी कप्तान रुविना क्षेत्री तथा अप्सरी बेगम क्रमस १६ र २१ रनमा अविजित रहे । प्रदेश एकका लागि निशा शाहले एक विकेट लिइन् ।


यसै गरि लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि १०४ रन अन्तरको विशाल जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्विनीले निर्धारित ओभरमा छ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै सरस्वती घर्तीमगरले २० तथा सुस्मिता बजगाई र आष्मा पुलामी मगरले समान १२ रनको योगदान गरे । कर्णालीका लागि अन्जु गुरुङले दुई तथा एन्जिला क्षेत्रीले एक विकेट लिइन् । १२९ रनको लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमा सबै विकेट गुमाउँदै २३ रनमा समेटियो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कर्णालीका किरण कुवँरले ५, बिना थापाले ४, यमुना थारु र नितिका धमलाले समान दुई दुई रन, अन्जु गुरुङले एक तथा बाँकी खेलाडीले खाता नै खोल्न सकेनन् । लुम्बिनीका लागि मधु डिसीले चार, क्रितिका मरासिनीले दुई तथा सुस्मिता भुसालले एक विकेट लिइन् । खेलको प्लेयर अफ दि म्याच लुम्बिनीकी मधु डिसी चुनिइन् । यसअघि लुम्बिनी र प्रदेश एकबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464