नवौं राष्ट्रिय खेलकुद शुभारम्भ

नवौं राष्ट्रिय खेलकुद ः गण्डकी प्रदेशको राजधानी पोखरामा आश्विन २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तरगत ३४ औं पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ज्यूबाट भाद्र १९ गते शुभारम्भ गरियो ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिका संग नवाझिने गरि प्रतियोगिता आयोजना गरिदिन नेपाल क्रिकेट संघ (क्यान) को आग्रह र प्रस्ताव बमोजिम राष्ट्रिय प्रतियोगितामा सहभागि हुने ७ प्रदेश, ४ विभागिय टिम संगको सहमति बमोजिम पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिता भाद्र २३ देखि ३१ गते सम्म किर्तिपुरस्थित क्रिकेट मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा आयोजना गरिने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309