नवौं राष्ट्रिय खेलकुद ह्याण्डबलः पुरुषतर्फ पहिलो खेल गण्डकी र आर्मी भिड्दै

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली (सोमबार) बाट सुरु हुने पुरुष ह्याण्डबलतर्फ आयोजक गण्डकी प्रदेश र नेपाल आर्मी भिड्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिका अनुसार सोमबार बिहान ८ः०० बजे हुने खेलमा गण्डकी र आर्मी भिड्ने भएका हुन् । आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता रहेको थियो भने नेपाल आर्मीले कास्य पदक जितेको थियो ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको खेल तालिका अनुसार समुह ए मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने सुमह बि मा एपिएफ, लुम्बीनी, प्रदेश नं १ र सुदुर पश्चिम रहेका छन् । त्यसै गरी महिला तर्फ समुह ए मा एपिएफ, लुम्बिनी, सुदुर पश्चिम र गण्डकी तथा समुह बि मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

नेपाल ह्याण्डबल संघका महासचिव सन्देश रेग्मी अनुसार उद्घाटन खेल सोमबार दिउसो ३ बजे हुनेछ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने नवौं राष्ट्रिय अन्तर्गत सोमबार महिला र पुरुषका गरी ८ वटा खेल सञ्चालन हुनेछन् । नवौं राष्ट्रियमा ह्याण्डबल खेल असोज २९ गते सम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373