नासिरद्वारा किर्तिमान सुधार सहित स्वर्ण पदक प्राप्त

नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधरा गरेका छन् । नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।
डुवानाद्वारा पनि नयाँ किर्तिमान कायम
यस्तै पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले समयमा सुधार गर्दै नयाँ रेकर्ड कायम गरिन् । उनले २०० मिटर ब्यक्तिगत मिड्ले तर्फ फाईनल स्पर्धामा स्वर्ण पदकका साथ २ मिनट ३०.६७ सेकेन्डको नयाँ रेकर्ड कायम गरेकी हुन् । लामाले हिट चरणमा पनि गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको किर्तिमान कायम गरेकी थिईन् । यस स्पर्धामा एपिएफकी रोयल प्रजापतीले रजत र बागमतीकी रोशा न्यौपानलेले कास्य पाईन्
पुरुष ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.५६ सेकेनडमा दुरी पार गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा एपिएफकी अजल काजी ताम्राकार र तेश्रो स्थानमा आर्मीका अनुभव सुब्बाले क्रमश रजत र कास्य पाए । महिला ५० मिटर तर्फ एनआरएनकी एश्ले सापकोटा डङ्गोलले ३० सेकेन्डमा दुरी पार गर्दै स्वर्ण हात पार्दा सेनाकी दुवाना लामाले रजत र पुलिस क्लबकी मेगन गुरुङ्गले कास्य पाए ।
एलेक्सद्वारा राष्ट्रिय रेकर्ड ब्रेक
सेनाका अलेक्जेन्डर गादेगाद शाहले १३ सागमा आफैले कायम गरेको ५२.३० सेकेन्डको समयमा सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन् । उनले १०० मिटर फ्रिस्टायलमा ५१.८७ सेकेन्डका साथ नयाँ रेकर्ड कायम गर्दै सेनाका लागि स्वर्ण थप गरेका हुन् । सेनाका नासिर याह्या हुसेनले रजत र पुलिसकी शंकरसना बहादुर राजबंशीले कास्य पाए । महिला तर्फ एनआरएनएकी एश्ले सापकोटा डङ्गोलल १  मिनट १.४२ सेकेन्डका साथ स्वर्ण जितिन् । यस्तै सेनाकी अनुशिया तण्डुकारले रजत र पुलिसकी मेगन गुरुङ्गले कास्य पाए ।
२०० मिटर ब्याकस्ट्रोक तर्फ पुरुषमा एपिएफका तेन्जिङ्ग नामडोल रायन गुरुङ्गले २ मिनट १६.२३ सेकेन्डका साथ राष्ट्रिय रेकर्डका साथ स्वर्ण जिते । उनले आठौं राष्ट्रिय खेलकुदमा नाथन दोर्जे शेर्पाले राखेको २ मिनट १६.५० सेकेन्डको समयलाई भंग गरेका थिए । दोश्रो स्थानमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र तेश्रो स्थानमा रहेका एपिएफका सौरेन बहादुर सिंहले कास्य पाए । महिला तर्फ एनआरएनकी एश्ले सापकोटा डङ्गोलले २ मिनट ३६.०४ सेकेन्डका साथ स्वर्ण जित्दा बागमतीकी अराजु थापा मगरले रजत र प्रदेश १ की उपासना राईले कास्य पाए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309