निर्देशक सुदेशकुमार रिमालप्रति श्रद्धाञ्जली

काठमाडौं, पुस ११ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।
अन्तिम श्रद्धाञ्जली दिन रिमालको पार्थीव शरीरलाई त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु गोविन्दप्रसाद भट्टराई, सुभाष श्रेष्ठ, इन्दिरा निरौला, नन्दा बस्याल, सम्पन्न श्रेष्ठ, रिम रानाभाट, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भलिबल संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारी, परिवारजनलगायतले रिमालको पार्थीव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
रिमालको पार्थीव शरीरमा उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवालले राखेपको भण्डा तथा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल संघको झण्डा ओढाएका थिए ।
वीरगञ्ज पर्साका रिमालको शुक्रबार बाँसवारीस्थित न्युरो अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको थियो । उनी टाउकोको समस्याबाट ग्रसीत थिए । २०५० सालमा राखेपमा भलिबल प्रशिक्षक (तृतीय श्रेणी) का रुपमा सेवा प्रवेश गरेका रिमाल त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेर भलिबल खेलेका थिए । राखेपमा भलिबलका प्रमुख प्रशिक्षकको जिम्मेवारी समेत सम्हालेका रिमालले नेपाली सेना र नेपाल प्रहरीमा पनि प्रशिक्षकका रुपमा कार्य गरेका थिए । उनले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको एसियाली खेलकुद खेलेका थिए । रिमालको प्रशिक्षणमा नेपालले विभिन्न संस्करणको सागमा पदक जितेको छ ।
उपाध्यक्ष कोइरालाले रिमालको निधनमा उनले पूरा गर्न नसकेको कामलाई उनका सहकर्मीले पूरा गर्न प्रतिबद्धत भएर अगाडि बढ्नु पर्ने धारणा राखे ।
सदस्य–सचिव सिलवालले रिमाल एक कुशल प्रशिक्षक भएको बताउदै उनको निधनले भलिबलमा अपूर्णिय क्षति पुगेको बताए । उनले रिमालको निधनको शोकमा आइतबार खेलकुदका कार्यालय बन्द गर्ने जानकारी दिए ।
भलिबल संघका अध्यक्ष शर्माले भलिबलको असल र कुशल प्रशिक्षकलाई गुमाउनु पर्दा निकै दुखित भएको बताउदै भलिबलले अपूर्णिय क्षति व्यहोर्नु परेको बताए ।
स्व. रिमालको शनिबारै पशुपति आर्याघाटमा अन्त्येष्ति गरिएको छ । रिमालका श्रीमति, छोरा र छोरी छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373