नीर र गंगालाई सिंगल्स उपाधि

त्रिभूवन विश्वविद्यालय (टीयू) का नीरविक्रम देवकोटा र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी गंगा विष्टले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा मंगलबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा नीर र महिलामा गंगा च्याम्पियन बनेका हुन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा नीरले टीयूकै जीवन आचार्यलाई १५–२१, २१–१५ र २१–१३ को सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा गंगाले कृषि तथा वन विज्ञान विश्वविद्यालयकी सोनिया गुरुङलाई २१–८ र २१–३ को सोझो सेटमा सहजै हराइन् ।
पुरुष डबल्समा पनि नीरले सिंगल्सका फाइनल प्रतिद्वन्द्वी जीवनसंग मिलेर स्वर्ण हात पारे । उक्त जोडीले काठामडौं विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरीको जोडीलाई २१–९ र २१–१७ को सीधा सेटमा पाखा लगाए ।
कृषिका अस्मिता सुवेदी र सोनिया गुरुङको जोडी महिला डबल्समा च्याम्पियन बने । अस्मिता र सोनियाको जोडीले सुदूरपश्चिमाञ्चलका गंगा र हेमा जोशी जोडीलाई १९–२१, २१–१३ र २१–१६ ले पन्छाए ।
टीयूको लगातार तेश्रो जित
पुरुष भलिबलमा टीयूले लगातार तेश्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा टीयूले केयूलाई २५–१८, २५–१४ र २५–१३ तथा पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१२, २५–१२ र २५–१८ को सोझो सेटमा हरायो ।
राउन्ड रोविन लिगको अर्को खेलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पूर्वाञ्चललाई २५–१८, २५–९ र २५–१२ को सीधा सेटमा पन्छ्याउदै लगातार दोश्रो जित आत्मासात् ग¥यो । सुदूरपश्चिमाञ्चलले केयूलाई २५–११, २५–२२ र २५–१५ को सोझो सेटमा निराश पा¥यो ।
सुजन र दीपिकालाई स्वर्ण
टेबलटेनिसको पुरुष सिंगल्समा केयूका सुजन पन्त र महिला सिंगल्समा केयूकै दीपिका श्रेष्ठले स्वर्ण जिते । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुजनले पीयूका प्रवेश न्यौपानेलाई ३–१ तथा दीपिकाले केयूकै रेज्शा कोटेजालाई ३–० को सेटमा पराजित गरे ।
पुरुष डबल्समा केयूका अविन प्रजापति र सुजन पन्तको जोडीले टीयूका महेश ढकाल र ज्ञानेन्द्र भुजेलको जोडीलाई ३–१ ले पाखा लगाउदै शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा केयूका रेज्शा र दीपिकाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले टीयूका खेमकुमारी ढुंगाना र सरिता तामाङको जोडीलाई ३–१ ले पन्छाए ।
बुद्धिचाल ः
प्रधानमन्त्री कप विश्व विध्यालय बुद्धिचाल प्रतियोगितामा त्रिभुवन विश्व विध्यालयले पाँचौ चरणको खेल सम्पन्न हुँदा पूर्ण १० अंक सहित अग्रस्थानमा रहेका छन्।
चौथो चरणको खेलमा ती यूले कृषि विज्ञान विश्व विध्यालयलाई ४(० ले हराउन सफल भए भने पाँचौ चरणको खेलमा सुदुर पश्चिमलाई ४( ० ले नै पराजित गरे ।त्रियुका मनोज चापागाईंले नरेश पन्तलाई, संजिव कुमार चौधरीले अमित जोशीलाई हराए भने ओमकार राज थपलियाले शंकर महत र लक्ष्मीप्रसाद ओलीले देवकी पन्त माथी जीत हात पारे।
सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगितामा काठमाडौ युनिभर्सिटी ठ अंक सहित दोस्रो स्थानमा रहेका छन्। काठमाडौले नेपाल संस्कृतलाई पाँच चरणको खेलमा ३(१ ले पराजित गर्न सफल भए। काठमाडौका उत्सव पराजुलीले चेतनाथ भट्टराई , आषिश श्रेष्ठले देवराज दाहाल , रोशन कस्तीले प्रदिप घिमिरे र रुपेश डंगोलले रौनक अधिकारी माथि सफलता प्राप्त गरे।
त्यसैगरी समान ५ अंक नै जोडेका कृषि विज्ञान तेस्रो स्थानमा छन्। पाँचौ चरणको खेलमा कृषि विज्ञान र पूर्वान्चल बीचको खेल २(२ को बराबरी भएको थियो।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373