Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नेटबल संघलाई अष्ट्रेलियन सहयोग

मित्र राष्ट्र अष्ट्रेलियाको “वन नेटबल एशिया कार्यक्रम” अन्तरगत नेपालमा नेटबलको विकास र विस्तार गर्ने उद्धेश्यले २९ हजार अष्ट्रेलियन डलर बराबरको खेल सामाग्री शुक्रबार नेपाल नेटबल संघलाई प्रदान गरियो ।
स्वयंभुस्थित एक्सेल्सियर स्कुलमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा नेपालका लागि महामहिम अष्ट्रेलियन राजदूत ग्लेन ह्वाईटले संघका अध्यक्ष विरबहादुर तामाङलाई खेल सामाग्री हस्तान्तरण गरे । सहयोगमा प्राप्त खेल सामाग्रीमा ५०० थान बल, २०० थान विब्स, २०० थान सिटी, २०० थान कोन र २०० थान मार्कर रहेका छन् ।
शुक्रबारनै सो सामाग्री नेपाल नेटबल संघले महामहिम अष्ट्रेलियन राजदुत ग्लेन र नेटबल अष्ट्रेलियाकी अन्तराष्ट्रिय विकास व्यवस्थापक ओलिभा फेलफोट मार्फत विभिन्न १२ स्कुल (एन्जल्स हार्ट, एभिएम, बर्नहार्ट, कुमुदिनी कुञ्ज, मल्पी ईन्टरनेशनल, पुष्प कुञ्ज, रेडियन्ट पब्लिक, रिलायन्स ईन्टरनेशनल, सामाखुसी ईङ्गलिस बोडिङ्ग, जनसेवा, स्वप्न बाटिका, द एक्सेल्सियर र जिल्ला समूदायमा पनि नेटबलको विकासमा लागेको महिला सशक्तिकरण नेपालका खेल प्रशिक्षकहरुलाई प्रदान गरे ।
उक्त विद्यालय तथा समुदायमा प्रशिक्षण प्रदान गर्न जाने प्रशिक्षकहरुलाई २ महिना सम्मको लागि यातायात तथा खाजा खर्चबापत केहि रकम प्रदान गर्ने नेपाल नेटबल संघका महासचिव दीपक लामाले जानकारी गराए ।
अष्ट्रेलियामा निकैनै लोकप्रिय रहेको नेटबललाई एशियामा पनि विकास र विस्तार गर्ने उद्धेश्यका साथ स्थापित “वन नेटबल एयिशा कार्यक्रम” अन्तरगत नेपालमा पनि यस खेलको विकास गर्न लामो समय देखि नेटबल सम्वन्धि विभिन्न कार्यक्रमहरु आयोजना हुंदै आईरहेकोछ । सोही कार्यक्रम अन्तरगत स्कुल स्तरबाटनै खेलकुदको विकास गर्ने उद्धेश्यले २०७३ श्रावण २८ गते देखि ३२ गते सम्म नेटबल कोचेज कोर्ष सम्पन्न भईसकेको छ । अष्ट्रेलियन प्रशिक्षक सराह कुपरले प्रदान गरेको प्रशिक्षण कार्यक्रममा करिव ४० प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464