Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय टेनिस हुँदै

अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।
एएनएलटीए÷एसियाली जुनियर ¥याङकिङ टुर यु–१४ सर्किट १÷२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ ।
प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी जनाएका छन् । दुवै सर्किटमा समान ३२–३२ ब्वाइज र गल्र्सले प्रतिस्पर्धा गर्नेछन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोमा रहेको ६ वटा कोर्ट मध्ये ४ मा प्रतियोगिता खेलाइने छ । बाँकी २ कोर्टलाई खेलाडीको प्राक्टिसका लागि प्रयोग गरिने छ । करिब ३ वर्षअघि सातदोबाटोमा थप २ नयाँ कोर्ट तयार भएपछि लनटेनिस संघलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको हो । त्यसअघि सातदोबाटोमा ४ कोर्ट मात्र थिए । अन्तर्राष्ट्रिय प्रावधान अनुसार अन्तर्राष्ट्रिय प्रतियोगता आयोजना गर्न एकै परिसरमा कम्तिमा ६ कोर्ट हुनु अनिवार्य छ ।
प्रतियोगता सञ्चालन गर्न एटीएफका ह्वाइट ब्याज श्रेणिका प्राविधिक प्रवीणकुमार नायक बुधबारै नेपाल आइसकेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।
टुर्नामेन्ट डाइरेक्टर विष्टले नेपालमै अन्तर्राष्ट्रिय टेनिस हुने भएकाले बढी भन्दा बढी नेपाली खेलाडीले स्वदेशमै अन्तर्राष्ट्रिय एक्सपोजर पाउने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
वर्कसप सुरु ः
यसैबीच सोही प्रतियोगितालाई मध्यनजर गरी लनटेनिस संघको आयोजनामा वर्कसप अन टेनिस अफिसिएटिङ कोर्स फर चेयर अम्पायर बिहीबारदेखि सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमा सुरु भएको छ । दुईदिने वर्कसपमा नेपालका ३० अम्पायरको सहभागिता रहेको बताइएको छ । कोर्स नायकले सञ्चालन गरिरहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464