नेपाललाई टेबलटेनिसमा पदक

नेपालले आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा दुई पदक जितेको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार नेपालले टिम इभेन्टको पुरुषमा स्वर्ण र महिलामा रजत जितेको हो ।
भारतको मेघालयस्थित सिलोङमा भएको पुरुष टिम इभेन्टमा नेपालले भुटान र भारतलाई समान ३–० को नतिजामा पराजित ग¥यो । नेपाली पुरुष टिममा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणि लामा, रितिज जोशी, नारायण घिमिरे र विपुल महर्जन छन् ।
महिला टिम स्पर्धामा नेपालले भुटानलाई ३–० ले हरायो । नेपाल भारतसंग भने २–३ ले पछि पर्दै स्वर्णबाट चुक्यो । सोनु थापा मगर, गीता अर्याल, सिक्का सुवाल, मन्जु सुवाल र सुजाता दुवाल टोलीका सदस्य हुन् ।
‘पुरुषमा नेपालले दक्षिण एसियाको बलियो मानिएको राष्ट्र भारतलाई हराएर दक्षिण एसियाली क्षेत्रको जुनियर टेबलटेनिसमा राम्रो नतिजा हासिल गर्न सक्ने सम्भावना देखाएको छ ।’ अध्यक्ष वैद्यले भने– ‘यो नतिजाबाट आगामी जुलाईमा श्रीलंकामा हुने दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपबाट पदकको आशा गर्न सकिन्छ ।’
यु–२१ उमेरसमूहको यस प्रतियोगितामा नेपाल, भुटान र भारत गरी ३ राष्ट्र सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373