नेपाललाई तीन पदक

थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ ।
पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कांस्यमै चित्त बुझाएका हुन् । नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा प्रतिस्पर्धा गरेका राजु राई पदकविहीन रहे ।
मार्च १२ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भइ टोली नेता नेपाल थाइ बक्सिङ संघका अध्यक्ष नवराज भण्डारी र अफिसियल श्यामकृष्ण बस्नेतसहितको टोली बिहीबार स्वदेश फर्किएको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309